‘हेड टु हेड च्यालेन्ज’ मा टप २० मा पुगिन् श्रृंखला
काठमाडौँ-चीनमा जारी विश्व सुन्दरी ९मिस वर्ल्ड० प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् ।
श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह बिजेता बनाएकोमा सबैलाई धन्यवाद दिएकी छन् । दोस्रो चरणको प्रिजिन्टेसनका लागि तयार रहेको पनि उनले बताएकी छन् । ‘म नेपाललाई गौरवान्वित बनाएरै छाड्ने छु,’ उनले भिडियोमा भनेकी छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE