कालीगण्डकिको सुख्खा पहिरो हटाईयो, दिर्घकालिन समाधान आवश्यक
सिताराम थापा
बागलुङ- मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरोमा गत राति सुख्खा पहिरो जाँदा थुनिएको कालिगण्डकी खुलेको छ । हिजो बिहान गएको पहिरोले गर्दा कालिगण्डकी पूर्ण रुपमा थुनिएर करिब १२ फिट गहिरो पानीको ताल जमेको थियो । बिहिबार करिब १० बजेर ३० मिनेटमा पानीको सतह केही बढेपछि पाहिरोलाई नाँघेर पानी बग्न थालेको थियो ।
गएको वर्षायाममा काली गण्डकी बढेर किनारा कटान गरेका कारण अहिले सुख्खा पहिरो गएको विज्ञहरु बताउछन् । सार्थ त्यस स्थानमा भुकम्पको पराकम्पनका कारण जमिन हल्लीएको र अहिले हिउँ पर्दा माटो भिजेर पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी जनाएको छ ।
घरपझोङ गाउँपालिका १ छैरोमा छैरो छहरा गुम्बाको नाममा रहेको स्याउ बगान र स्थानीय मन प्रसाद विकको पाखो गरि करिब १ सय रोपनी जमिन भासिएको स्थानीयको भनाइ छ ।
प्हिरो गएको जानकारी पाए पछि पहिरो हटाउन सुरक्षाकर्मिहरु परिचालन गरि पहिरो हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मीले सवाल मिडिया लाई जानकारी दिनुभयो ।
घरपझोङ गाउँपालिका अध्यक्ष आश बहादुर थकालीले अहिले पहिरो हटाएर मात्र समस्याको समाधान नभएको भन्दै फेरी पनि यहाँ पहिरो जना सक्ने सम्भावना भएकोले दीर्घकालिन रुपमा सुरक्षाका योजना बनाउन अति आवश्यक भएको बताउनु भयो ।
खेतीयोग्य उर्बर भूमि पहिरोले बगाएकोले स्थानीय चिन्तित बनेका छन् । हिउद भएर क्षति कम भएको र सरकारले दिगो रुपमा रोकथामको उपाय नपनाए बर्षायाममा झनै ठुलो क्षेति हुन सक्ने गणतान्त्रि गाउँ सुधार समितिका अध्यक्ष भिम बहादुर रसाईलीले बताउनु भयो ।
कालीगण्डकी करिडोर निर्माणमा लापारबाही गरेको भन्दै सर्वसाधारणको जमिनमाको तत्काल क्षतिपुर्ति दिनुपर्ने सर्वसाधारणको माग छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE