Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार कोरोना संक्रमित

२३ भदौ
काठमाडौं-कोरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ । मंगलबार यो समाचार तयार पार्दा सम्म भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार ९१ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम गरेको भारतमा मंगलबार भने संक्रमित संख्या केही घटेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा संक्रमितको संख्या ७५ हजार २२ जना पुगेको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ७७ हजार ५ सय ८४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३३ लाख २१ हजार ४ सय २० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ३ सय ४८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय २९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७२ हजार ८ सय १६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE