प्रधानमन्त्री व्यस्त भएपछि मन्त्रिपरिषद् बैठक स्थगित
काठमाडौँ, २५ भदौ । मन्त्रिपरिषद्को आज बोलाइएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको बैठकका लागि व्यस्त हुनुभएकाले आजको मन्त्रिपरिषद बैठक स्थगित गरिएको स्रोतले जानकारी दियो ।
लामो समयदेखि स्थगित सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक भोलि शुक्रबार बस्ने भएको छ । सोही बैठकका लागि नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली आज व्यस्त हुनुपरेकोले मन्त्रिपरिषद् बैठक स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
आज साँझका लागि बोलाइएको मन्त्रिपरिषद बैठकमा सरकारको प्रवक्ता तोक्ने र विद्युत प्राधिकरणको प्रमुख कार्यकारी नियुक्तिबारे निर्णय लिने र केही मुलुकमा राजदूत सिफारिस गर्ने र बताइएको थियो ।
स्रोतका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने कि अर्को व्यक्तिलाई ल्याउने भन्ने बारेमा छलफल गरिसकेको र अबको मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी रहेको छ । मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिन चाहेको बताइन्छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE