Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

जाजरकोटमा आगलागी हुँदा तीन घर जले

११ कात्तिक
काठमाडौँ – जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा गाईबस्तुलाई कुँडो पकाउन खोज्दा भएको आगलागीबाट तीन घर जलेका छन् ।

स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले अन्य दुई घरसमेत जलेको जाजरकोटका डिएसपी किशोर कुमार श्रेष्ठले बताउनुभयो । आगलागीबाट घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडा समेत जलेका छन् । तर गाईबस्तु तथा अन्य मानवीय क्षति भने नभएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE