अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति
२३ कात्तिक
काठमाडौँ – अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी छन् कमला ह्यारिस ।
राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडनले उपराष्ट्रपति पदमा भारतीय(जमैकन मुलकी कमला ह्यारिसलाई उम्मेदवार बनाएका थिए । अब राष्ट्रपतिमा बाइडेन विजयी भएसँगै कमलाले पनि अमेरिकी राजनीतिमा नयाँ इतिहास लेखेकी छन् ।
पछिल्लो मत परिणाम अनुसार बाइडेनले २७९ इलेक्ट्रोल मत प्राप्त गर्दै राष्ट्रपति विजयी भएका हुन् । त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्ट्रोल मत प्राप्त गरेका छन् । अमेरिकामा अहिलेपनि पाँच राज्यमा मतगणना भइरहेको छ, जसमा चार राज्यमा बाइडेन अगाडी रहेका छन् ।
कमला अमेरिकी उपराष्ट्रपति बन्ने पहिलो अश्वेत, एशियाली(अमेरिकी महिला हुन् । अमेरिकी उपराष्ट्रपति निर्वाचनमा यस अघि दुई महिला उम्मेदवार सारह पालिन (२००८) र गेराल्डीन फेरारो (१९८४) बने पनि उनीहरु ह्वाइटहाउसमा जान भने पाएका थिएनन् । एजेन्सीको सहयोगमा
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE