Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

उरै नाकाबाट जडीबुटी र वन्यजन्तुको खुलेआम तस्करी

२६ कात्तिक
काठमाडौँ – चैतयता लकडाउन अवधिभर मानिसको चहलपहल ठप्पप्रायः भयो । लकडाउन हटाइएपछि पनि व्यापार, पर्यटनलगायत धेरै क्षेत्र तङ्ग्रिन सकेका छैनन् । तिब्बतसँग जोडिएको बझाङको उरै नाकाबाट चीनतर्फ जडीबुटी र वन्यजन्तुको तस्करी भने कोरोनाले पनि रोक्न सकेन ।

बझाङको उरै नाका हुँदै तस्करी गरिएका जडीबुटी भण्डारणका लागि सीमापारि बनाइएका क्याम्प । भेडा, खच्चड, चौंरी र भरियालाई बोकाएर पुर्‍याइएका जडीबुटी लिन तिब्बती व्यापारी गाडी लिएर यस ठाउँमा आउने गर्छन्।

उसो त चीन सरकारले कोरोना महामारीका कारण गत जनवरीदेखि नै उरै नाका सिल गरेको छ । हुम्ला, दार्चुला र बझाङका बासिन्दालाई तिब्बत प्रवेशमा निकै कडाइ गरिएको छ । व्यापार व्यवसाय र मजदुरीका लागि तिब्बतको ताक्लाकोटमा रहेका नेपाली गत वर्षदेखि नै फर्कन पाएका छैनन् । जडीबुटी र वन्यजन्तुका अंगहरू अवैध रूपमा तिब्बत ओसार्न भने कुनै रोकटोक छैन ।

‘वैशाख–जेठतिर अलिअलि गए पनि असारदेखि ठूलो मात्रामा जडीबुटी उरै नाकाबाट पास भएको छ,’ जडीबुटी व्यवसायीसमेत रहेका साइपाल–४ धुलीका पासाङ लामाले भने, ‘यार्चागुम्बु, वन लसुन, सतुवा, कटुकी, रातो च्याउजस्ता जडीबुटीको ओसारपसार अहिले पनि भइरहेको छ ।’ लामाका अनुसार ताक्लाकोटमा रहेका नेपालीले त्यहाँका व्यापारीहरूसँग सेटिङ मिलाउँछन् र नेपालमा रहेका तस्करले जडीबुटी सीमासम्म पुर्‍याइदिन्छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE