Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’

२० मंसिर
काठमाडौँ –
नेपालमा सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२० को यस वर्षको टाइटल नम्रता श्रेष्ठले जितेकी छिन् ।

उनले प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई पछाडि पार्दै यो टाइटल हात पारेकी हुन् । उनले मिस नेपाल वल्र्डको ताज पहिरिएकी हुन् ।

किन्डरगार्टेन शिक्षिका रहेकी नम्रता अन्तिम ६ प्रतिस्पर्धीलाई एउटा प्रश्नमा पछाडि पार्दै मिस नेपालको टाइटल हात पारेकी हुन् । प्रतियोगितामा अन्तिम राउन्डमा कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ भनेर प्रश्न सोधिएको थियो ।

छोरीलाई शिक्षा दिने र दाइजो प्रथा हटाउन आफू लाग्ने नम्रताले जवाफ दिएकी थिइन् ।

त्यस्तै, मिस नेपाल अर्थको उपाधि यस वर्ष सुप्रिया श्रेष्ठले जितेकी छिन् । मिस नेपाल इन्टरनेसनलमा चाहिँ सन्ध्या शर्मा विजयी भएकी छिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE