Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

प्रधानमन्त्री ओली भ्रष्टाचारमा लिप्त भएको नेता नेपालको आरोप

९ माघ
काठमाडौँ –
प्रधानमन्त्री भएर पनि केपी शर्मा ओली भ्रष्टाचारमा लिप्त भएको नेकपाका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् । केपी ओलीसँग नेकपा र आफूहरुले कहिल्यै नझुक्ने पनि नेता माधव नेपालले बताएका छन् । प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको पनि नेपालले आरोप लगाए ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले संविधानको ध्वंस गर्ने काम गरेको आरोप लगाएका छन् । केपी ओलीले प्रतिगमन गरेका कारणले आफूहरु विरोधमा उत्रिनु परेको बताउँदै खनालले सिंगो देशकै जनता अहिले सडकमा उत्रिएको बताए । जब सम्म केपी ओलीले घुँडा टेक्दैनन् तब सम्म आफूहरुको आन्दोलन नरोकिने उनले बताए ।

केपी ओली कम्युनिष्टका कलंक रहेको आरोप लगाउँदै उनले ओली नेकपाका भगौडा भएको बताए । ओलीलाई पार्टीबाट निकालिएपछि नेकपा अब स्वतन्त्ररुपमा अघि बढेको पनि खनालले बताए ।

आजको विरोध कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE