प्रचण्ड-नेपालले ३ बर्षसम्म सरकारलाई केही गर्न दिएनन् : प्रधानमन्त्री
१९ माघ
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड(नेपाल समुहले ३ बर्षसम्म पार्टीलाई अलपत्र र सरकारलाई केही र्ग नदिएको आरोप लगाउनु भएको छ ।बताउनु भएको छ । सोमबार सिरहामा आयोजित स्वर्गीय हेमनारायण यादव स्मृति सभामा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड(नेपाल समुहलाइ लक्षित गर्दै भन्नुभयो, ‘केही तत्वहरुले ३ बर्षसम्म पार्टी र सरकारलाई केही गर्न दिएनन्, पार्टीलाई अलपत्र बनाए, अहिले ती तत्वहरु नेकपाबाट बाहिरिए अहिले पार्टी सरकार दुवै जर्मुराएको छ।’
प्रचण्ड(नेपाल समुह पार्टीबाट बाहिरिएको बताउदै प्रधानमन्त्री ओलीले अहिले पार्टी र सरकार दुवैले तीव्र प्रगति गरिरहेको दावी गर्नुभयो। त्यस्तै प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना कुनै हालतमा नहुने जिकीर गर्नुभएको छ । संसद विघटन संवैधानिक भएकोले कुनै हालतमा पुनर्स्थापना हुन नसक्ने र तोकिएकै मितिमा निर्वाचन हुने उहाँले जिकीर गर्नुभयो ।
उहाँले संसद विघटन भइसकेकाले अब पार्टी खुलाउने, खुलिसकेको पार्टी अनेक तत्वहरुसँग मिलेर किनबेच गर्ने काम नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले केही व्यक्तिहरुले विघठित संसदलाई पुनर्स्थापना गरि नक्कली सरकार बनाउन खोजेकोपनि आरोप लगाउनु भयो । सरकार अब जनताको ताजा जनादेशमा गएर नयाँ सरकारमा लागिसकेकाले र कुनैपनि हालतमा बैशाखमा निर्वाचन हुनेमा सबै ढुक्क हुन आग्रह गर्नुभयो । त्यस्तैगरी आगामी निर्वाचनमा भ्रष्ट तत्वहरुलाई हराउन नगरिकहरूलाइ उर्दीसमेत दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले नेकपाबाट बाहिरिएका केहीले अदालत र निर्वाचन आयोगलाई धम्की दिँदै हिडेको र राष्ट्रपतिलाई बिरोध गरेको पनि आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘नेकपाबाट बाहिरिएका केहीले अदालत र निर्वाचन आयोगलाई धम्क्याउन र राष्ट्रपतिको बिरोध गर्ने गरिहेका छन्, तर अब यो पाराले चल्दैन।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE