Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा क्षमापूजा

१२ माघ
काठमाडौँ –
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गर्नु भएको छ । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा रहेको जलहरी जीर्णोद्धार गर्ने काम जारी रहँदा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि पुग्नु भएको हो ।

राष्ट्रपतिले क्षमापूजा गरेपछि सुनको जलहरी राखिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । जलहरी राख्नुअघि भारतबाट दर्जनौँ ब्राह्मण बोलाएर पूजा गरिँदै आएको छ । पशुपति मन्दिरको शिवलिंगमा १ सय ४१ किलो सुनको जलहरी राख्ने योजना रहेको छ । सरकारले यसका लागि ३० करोड दिने भएको छ । तर जलहरी राख्ने विषयमा विरोध भइरहेको छ ।

सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सोमबार छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ ।

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE