माड्रिड डर्बिमा बेन्जेमा उपलब्ध हुने आशा छ : जिनेदिन जिदान
१८ फागुन
काठमाडौं – रियाल माड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आइतबार हुने एट्लेटिको माड्रिडविरुद्ध स्ट्राइकर करिम बेन्जेमा उपलब्ध हुनेमा आशा रहेको बताएको छ ।
यस सिजन रियालबाट सबभन्दा धेरै गोल गरेका बेन्जेमाले चोटका कारण पछिल्लो तीन खेल गुमाएका थिए। बेन्जेमाको चोट कस्तो प्रकारको हो भनेर सार्वजनिक गरिएको छैन।
फ्रान्सका फरवार्ड बेन्जेमाले गए राति सम्पन्न रियाल सोसिडासविरुद्धको खेल गुमाएका थिए। रियाल सोसिडाडविरुद्धको खेलमा रियाल १–१ को बराबरीमा रोकिएको थियो। बराबरीमा रोेकिएपछि रियाललेदोस्रो स्थानमा रहेको बार्सिलोनासँग अंक दूरी बढाउने मौका गुमाएको थियो ।
त्यसअघि बार्सिलोनाले सेभियालाई २–० ले हराउँदै दोस्रो स्थानमा अग्रसर भएको थियो। रियाल शीर्ष स्थानको एट्लेटिकोभन्दा पाँच अंकले पछाडि छ। एट्लेटिकोले अझै एक खेल कम खेलेको छ।
“बेन्जेमा अबको खेलमा उपलब्ध हुन्छन् भन्ने आशा गरेका छौं। तर उनी टिम प्रशिक्षणमा नआएका कारण निश्चित हुन हामीले अझै पर्खनु पर्नेछ,” रियालका प्रशिक्षक जिदानले भने, “उनी ठिक छन्। भोलिको अवस्था हेर्नेछौं। बेन्जेमाको अवस्थामा धेरै सुधार भएको छ ”
गए राति ब्राजिलका २० वर्षे विंगर भेनिसियस जुनियरले अन्तिम समयमा गरेको गोलमा रियाल हारबाट जोगिएको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE