माओवादी केन्द्रले बोलायो बिहानै स्थायी कमिटी बैठक
२९ फागुन
काठमाडौँ – पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले आज ९शनिबार० बिहानै स्थायी कमिटी बैठक राख्ने भएको छ।
अहिले बिहान ९ बजे बस्ने बैठकमा नयाँ सत्ता समीकरण र एमालेमा माधव नेपाल पक्षलाई कारबाही तथा माओवादी नेताहरू भित्र्याइएको बारेमा समेत छलफल गर्ने तयारी छ।
माओवादी केन्द्रका एक नेताका अनुसार शुक्रबार नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाउनु भएको हो ।
नयाँ सरकार गठनमा जसपा निर्णायक देखिएको छ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले शुक्रबार एकैदिन आफूपक्षीय दुईवटा केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका छन् भने गृहमन्त्री रामबहादुर थापालगायत पूर्वमाओवादीबाट २३ नेतालाई केन्द्रीय सदस्य बनाएका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE