Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

पैसा तिर्न नसक्दा अस्पतालमै बन्धक बन्यो शव

१ चैत
काठमाडौँ – परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ। धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। त्यसपछि न्युरोमा भर्ना भएका कापरको २० गते उपचारकै क्रममा मृत्यु भएको थियो। तर, उपचार खर्च नतिरेको भन्दै अस्पतालले कापरको शव परिवारलाई नबुझाएको हो।

मृतकका हजुरबुवा मधुरी कापरले अस्पतालले नातिको शव बन्धक बनाएर राखेको बताए। पैसा नबुझाएका कारण शव हेर्नै नदिएको उनको भनाइ छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारबापत बाँकी रकम तिर्न सक्ने अवस्था नरहेको उनले बताए। मृतकका आफन्तले ऋण लिएर अस्पतालमा १ लाख ५० रुपैयाँ बुझाएका छन्। टाउको शल्यक्रिया गरिएको भन्दै थप ३ लाख ८५ हजार रकम माग्ने गरेको मधुरीले बताए।

यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE