Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

निषेधाज्ञा पनि काठमाडौं उपत्यकामा ३० हजार गाडी भित्रिए

१७ बैशाख, काठमाडौँ – बिहीबार साँझसम्म काठमाडौं उपत्यकाबाट ७० हजार गाडी बाहिरिएको छ भने ३० हजार गाडी भित्रिएको छन् । निषेधाज्ञा जारी भएको पहिलो दिन बिहीबार साभा दुइ लाख मानिस उपत्यकाबाट बाहिरिएका छन् भने भित्रिनेको संख्या ७० हजारमात्र रहेको ट्राफिक प्रहरीका प्रवक्ता (एसएसपी) श्यामकृष्ण आधिकारीले जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो,“ दुई हजार ३९ वटा गाडीलाई हामीले कारबाही गरेका छौँ, सावा दुई लाख यात्रु बाहिरिएका छन् भने दुई–तीन दिनमा ७० हजार यात्रु मात्र उपत्यका भित्रिएका छन् ।” त्रिपुरेश्वर चोकमा राखिएको ट्राफिक प्रहरीको चेक पोष्टमा प्रहरीले सबै सवारी साधन रोकेको थियो भने परिचय पत्र बोक्ने चालक र अत्यावश्यक सवारी साधनलाई चल्न दिइएको उहाँले बताउनुभएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE