जसपा फुटको संघारमा, महन्थ ठाकुर पुगे निर्वाचन आयोग
१७ बैशाख, काठमाडौँ – लुम्बिनी प्रदेशको घटनाले जनता समाजवादी पार्टी जसपा फुटको संघारमा पुगेको छ । त्यसको तरंग केन्द्रमा पनि देखिएको छ । प्रदेशसभाका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।
ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन् ।
पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरले बताएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE