Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

संसद विघटनविरुद्ध माओवादी र एमाले (नेपाल पक्ष) निकट विद्यार्थी संगठनको आन्दोलनका कार्यक्रम घोषणा

संसद विघटनविरुद्ध माओवादी र एमाले (नेपाल पक्ष) निकट विद्यार्थी संगठनको आन्दोलनका कार्यक्रम घोषणा

८ जेठ, काठमाडौं– नेकपा (माओवादी केन्द्र)र नेकपा (एमाले)को माधव नेपाल निकट विद्यार्थी संगठन संसद विघटनविरुद्ध संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

शनिबार माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियू (एमाले नेपालपक्षीय)का अध्यक्ष सुदेश पराजुलीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला सार्वजानिक स्थानमा झुण्डाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने, सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने लगायतका कार्यक्रम छन्।

विरोधका कार्यक्रम स्वास्थ्य शर्तकता अपनाउँदै गरिने विज्ञप्तीमा जनाइएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE