संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ताका लागि विपक्षी दलहरु कानुन व्यवसायीसँग छलफलमा
संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ताका लागि विपक्षी दलहरु कानुन व्यवसायीसँग छलफलमा
९ जेठ, काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नका लागि विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । रिट दायरका लागि अहिले विपक्षी नेताहरु कांग्रेस संसदीय दलको कार्यालय सिहंदरबारमा कानुन व्यवसायीसँग परामर्शमा छन् ।
कानुन व्यवसायीहरुसँगको छलफलमा कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एमाले (नेपाल समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी रहेको कांग्रेसका एक नेताले बताए । अदालतमा रिट दायर गर्नका लागि अहिले सबै प्रक्रियाको तयारी र कागजत संकलन गरिरहेको उनले सवाल मिडियासँग बताए । रिट दर्ताका लागि सर्वोच्च अदालत पुग्न अझै केही समय लाग्ने बताइएको छ ।
नयाँ सरकार गठनका लागि बनेको विपक्षी गठबन्धनको हिजोको बैठकले संसद विघटन असंवैधानिक रहेको निष्कर्ष निकाल्दै सर्वोच्चमा रिट दायर गर्ने बताएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE