Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

कारमा मृत भेटिएका तीन बालकको पहिचान खुल्यो

१९ वैशाख, काठमाडौँ – तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको पहिचान खुलेको छ ।

मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र कृष्ण परियारका छ वर्षीय छोरा करण परियार रहेको प्रहरीले जनाएको छ।

कार पञ्चर भएर थन्किएको अवस्थामा रहेको र कारको ढोका खुला भएपछि भित्र पसेपछि कार लक हुँदा हावा कतैबाट नपसेपछि उनीहरुको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनाको प्रकृति हेर्दा हत्याजस्तोन देखिएको प्रहरीको भनाइ छ ।

उनीहरुको गोजीमा ताससमेत फेला परेको बताइएको छ । उनीहरु पार्किङ गरेर राखेको कारमा तास खेल्न पसेको हुन सक्ने प्रहरी आशंका छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE