Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

अक्सिजन अभाव बढ्दै जाँदा पत्रकार महासंघ सुनसरीले अक्सिजन उपलब्ध गराउँदै

अक्सिजन अभाव बढ्दै जाँदा पत्रकार महासंघ सुनसरीले अक्सिजन उपलब्ध गराउँदै

१३ जेठ, काठमाडौं– कोरोना सङ्क्रमित बढ्दै गएको र अक्सिजन अभाव भएपछि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले तत्कालका लागि १३७ सिलिण्डर अक्सिजन भरेर सबै आइसोलेशनमा पठाउने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले यहाँका लागि अक्सिजन उपलब्ध गराउनुभएको हो ।

आइसोलेशनमा अक्सिजन अभाव भएको र तीन दिन लाइन बस्दा पनि सहजरूपमा अक्सिजन उपलब्ध नभएपछि पत्रकार महासङ्घले ढकालसँग समन्वय गरी एकैपटक ठूलो सङ्ख्यामा सिलिण्डर भरेर प्रदान गर्न लागिएको हो । छिमेकी जिल्लामा अक्सिजन भर्न समस्या भएपछि यसअघि यहाँ प्रमुख जिल्ला अधिकारी भएर बस्नुभएको र हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालको समन्वयमा अक्सिजन भर्न लागिएको पत्रकार महासङ्घका उपाध्यक्ष दिनेश थापाले जानकारी दिनुभयो ।

कोरोना महामारी बढेपछि नेपाल पत्रकार महासङ्घले कोभिड–१९ राहत कोष स्थापना गरेको थियोे । त्यही कोषबाट हाल १३७ सिलिण्डर अक्सिजन भरेर जिल्ला ल्याउन लागिएको उपाध्यक्ष थापाले जानकारी दिनुभयो । महासङ्घले स्थापना गरेको कोषमा हालसम्म रु १३ लाख सङ्कलन भएको छ । जिल्लामा अक्सिजन अभाव भएको थाहा पाएपछि आफूले समन्वय गरेर सुनसरीबाट अक्सिजन भरेर पठाउन लागिएको सुनसरीका प्रजिअ ढकालले जानकारी दिनुभयो ।

अब यो सिलिण्डर सिन्धुपाल्चोकमा आएपछि कम्तीमा १० दिनका लागि अक्सिजन समस्या नहुने स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा दत्त चापागाईँले जानकारी दिनुभयो । महासङ्घले स्थापना गरेको कोषबाट आइसोलेशनमा रहेका बिरामीलाई अन्य स्वास्थ्य सामग्री र पोषिलो खानेकुरासमेत उपलब्ध गराइने महासङ्घका उपाध्यक्ष थापाले बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE