Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

यादव पक्षले बोलाए कार्यकारिणी समितिको बैठक

१ असार, काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरी आवश्यक निर्णय लिनुपर्ने भन्दै बुधबारका लागि बैठक बोलाइएको उपेन्द्र यादवले जानकारी दिनुभयो ।

पार्टीको विवाद बारेमा निर्वाचन आयोगले दिएको निर्णयप्रति यादव पक्ष असन्तुष्ट छ । पार्टीको आधिकारिकताका लागि पुनः निर्वाचन आयोग जाने कि सर्वोच्चमा मुद्दा दायर गर्ने भन्ने लगायतको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।  

 

WRITE COMMENTS FOR THIS ARTICLE