स्नातक नभएका पूर्वमन्त्री कार्कीलाई राजदूत नियुक्त नगर्नुः सर्वोच्च
स्नातक नभएका पूर्वमन्त्री कार्कीलाई राजदूत नियुक्त नगर्नुः सर्वोच्च
१३ असार, काठमाडौं– स्नातक नगरेका युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।
राजदूतको योग्यतासम्बन्धी रिटमा फैसला गर्दै सर्वोच्चले कार्कीलाई नियुक्त नगर्न आदेश दिएको हो ।
सर्वोच्चका नयायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको इजलासले सरकारका नाममा उक्त आदेश दिएको हो।
मन्त्रिपरिषद्को जेठ २५ को बैठकले राजदूतसम्बन्धी निर्देशिका संशोधन गरेको थियो । सो संशोधनमा मन्त्री भइसकेको व्यक्तिलाई राजदूत नियुक्त गर्दा स्नातक तहको शैक्षिक योग्यता आवश्यक नपर्ने निर्णय गरिएको थियो ।
सोही निर्देशिकाअनुसार पूर्वमन्त्री युवराज कार्कीलाई बहराइनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिश गरिएको थियो।
सर्वोच्चले अर्को आदेश नभएसम्म कार्कीलाई राजदूत नियुक्त नगर्न अन्तरिम आदेश दिएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE