Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

मंगलबार प्रतिनिधिसभा बैठक बस्दै

२९ भदौ, काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दै छ । दिउँसो १ बजे बैठक बोलाइएको छ । नेकपा एमालेको भने लगातार संसद बैठकमा नाराबाजी जारी छ। संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गर्नुभए पनि एमालेद्वारा  बहिष्कार भने जारी थियो ।

एमालेको माग पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने जनाइएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेको आग्रह रहेको छ ।  प्रतिपक्षी बिनै सदन चलाएर देखाउन समेत एमालेले  चेतावनी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE