Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

लिपुलेक र कालापानीको जनगणना गण्नकको उपस्थिति बिना नै गरिने

१२ माघ, काठमाडौँ-नेपाली भूमि लिपुलेक र कालापानीमा २०७८ को जनगणना भौतिक उपस्थिति बिना नै गर्ने बताएको छ । विभागले जनगणनामा भारतीय अतिक्रमणमा परेको भूमिमा गणकहरुको भौतिक उपस्थिति नरहेनपनि प्रारम्भिक जनसंख्या तथ्यांक समेटिएको बताएको छ ।

विभागले भारतीय अवरोधका कारण गणक त्यहाँ पुग्न नसकेपनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको बताएको हो । त्यस क्षेत्रसँग जोडिएको स्थानीय तहसँगको समन्वयमा वडा तहको गणना गरेर तथ्यांक संकलन गरिएको विभागको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE