Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

एसपीपी रद्द गर्नका लागि प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ : भीम रावल

५ असार, काठमाडौं – नेकपा ९एमाले०का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसदप्रति उत्तरदायी नभएको बताएका छन् । लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले प्रधानमन्त्री समितिमा नआउनु खेदजनक भएको टिप्पणी गरे ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले भने, ‘आज प्रधानमन्त्री देउवा नआउनुको कारण संसदप्रति अनुत्तरदायी, आफैँले बनाएको संविधानका प्रश्तावनाहरुको अवज्ञा, र अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई माननीय सभापतिज्यूले जानकारी गराउनुभए अनुसार आज बैठक छ विहान ८ बजे सचिवालयबाट खबर पठाउनु भयो । त्यो भन्दा दुःख लाग्दो कुरो के हुनसक्छ रु यस्तो पनि लोकतान्त्रिक प्रणाली हुन्छ र कतै मुलुकमा रु’

उनले फेरि भने, ‘संसारको कुनै हाम्रोजस्तो प्रणाली भएको देशमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा वा कुनैपनि समितिमा आउँछु भनेर अकारण गम्भीर मानविय समस्या परेको बाहेक, दुई घण्टा अगाडी म आउँदिन भनेर आफ्नो सचिवालयबाट खबर दिनु कहीँ सुनेको, पढेको छौँ हामी कसैले रु यो खेदजनक कुरा हो ।’

त्यस्तै उनले देशको उत्तरदायी प्रधानमन्त्रीले यस्तो नगर्ने कुराको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले खेद प्रस्ताव पारित गर्नुपर्ने बताए । उनले भने, ‘यदि यो उत्तरदायी प्रणाली हो भने । यदि यो जनताप्रति उत्तरदायी प्रणाली हो र अहिलेको गठबन्धन सरकार यो उत्तरदायी प्रणालीप्रति प्रतिवद्ध छ भने ।’

उनले एसपीपी रद्द गर्नका लागि प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्ने बताए । गृहमन्त्री, परराष्ट्र मन्त्री र प्रधानसेनापतिले एसपीपी अगाडि बढाउँदैनौ भनेर भनिसक्दा पनि प्रधानमन्त्रीले अमेरिकालाई पत्र नलेख्नुले आशंका उब्जिएको उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE