Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

दिपेन्द्रको वरीयता यथावत

१५ असार, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरीको टी-ट्वान्टी अलराउण्डर वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रको वरीयता यथावत रहेको हो ।

दिपेन्द्र वरीयताको नवौं स्थान छन् । यो उनको हालसम्मकै उच्च वरीयता हो । यस अघि उनी नवौं स्थानमै रहेका थिए । यस्तै ब्याटिङ वरीयतातर्फ कुशल भुर्तेल ३८ औं स्थानमा रहेका छन् । ब्याटिङतर्फ दिपेन्द्र ४२ औं र आसिफ शेख ९८ औं स्थान रहेका छन् ।

बलिङ वरीयता नेपालका कप्तान सन्दीप लामिछाने ४० औं स्थानमा रहेका छन् । अविनास बोहरा ९३ औं स्थानमा झरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE