पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई दशैंको टीका नलगाउने
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजया दशमीमा आफ्ना सुभेच्छुक तथा शुभचिन्तक (सर्वसाधारण)लाई टीका नलगाउने भएका छन्। पछिल्लो समय स्वास्थ्य प्रकोपका रुपमा विकसित भएको डेंगुले जनजीवन आक्रान्त पारेको भन्दै ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका नलगाउने भएका हुन्।
शाहले यस वर्षको दशैंमा शक्तिपीठहरुको दर्शन पनि नगर्ने उनको पनि उनको सचिवालयले जानकारी दिएको छ।
‘स्वास्थ्यका कारण नेपाली जनजीवन आक्रान्त भइरहेको बिसम परिस्थितिलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको हो। उहाँ (पूर्वराजा शाह)ले यसपटक विजया दशमीको दिन सर्वसाधारणलाई टीका लागाउने र शक्तिपीठको दर्शन गर्ने कार्यक्रम छैन,’ पूर्वराजा शाहका सञ्चार सचिव फणि पाठकले भने।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE