Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

अवैध देहव्यापार नियन्त्रण: दुई होटलमा प्रहरीको छापा, एक सञ्चालक पक्राउ एक फरार

✍️ ब्यूरो रिपोर्ट
धनुषा, २ भदौ । जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले अवैध देहव्यापार नियन्त्रण गर्ने क्रममा सोमबार साँझ करीब ६ बजेको समयमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित दुई होटलमा छापा मारेको छ।
प्रहरीले मानव होटल र गोदावरी होटल मा छापा मार्दा मानव होटलबाट ३ जना महिला, ३ जना पुरुष सहित सञ्चालक राजेन्द्र महतो पक्राउ परेका छन्। यस्तै, गोदावरी होटलबाट १ जना महिला र १ जना पुरुष सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दीपुर खैराटोलका मनोज कुमार महतो पक्राउ परेका छन् भने होटलका सञ्चालक विजय राउत फरार रहेको प्रहरीले जनाएको छ।
धनुषा प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ईलाका प्रहरी कार्यालय ढल्केबरमा रखिएको छ । फरार होटल सञ्चालक राउतको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
अवैध देहव्यापारलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले पछिल्ला दिनमा धनुषा, विशेषगरी ढल्केबर आसपासका होटल तथा लजहरूमा निगरानी बढाएको जनाएको छ।

देहव्यापर कानूनी रुपमा बर्जित
नेपालमा देहव्यापारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुनु अवैध मानिन्छ।मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ ऐनको दफा ४ अनुसार जबरजस्ती वा प्रलोभन देखाई देहव्यापारमा संलग्न गराउने, सुविधा उपलब्ध गराउने, वा त्यसमा संलग्न हुनु अपराध हो। यसमा दोषी ठहर भएमा १ वर्षदेखि १० वर्षसम्म कैद सजाय र जरिवाना तोकिएको छ।त्यसै गरी सार्वजनिक अपराध तथा सजाय ऐन, २०२७अनुसार सार्वजनिक स्थल, होटल, लज वा अन्य ठाउँलाई यौनजन्य अवैध गतिविधिका लागि प्रयोग गर्ने कार्यलाई दफा ३ मा सार्वजनिक अपराध मानेको छ। यस अनुसार पक्राउ परेकालाई जरिवाना वा कैद वा दुवै सजाय हुनसक्छ।प्रहरीले पक्राउ परेकाहरूलाई प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE