पारिवारिक मूल्यमान्यता विषयक एकदिने कार्यशाला बुटवल-१९ मा सम्पन्न
र्तमान परिवेशमा पारिवारिक मूल्यमान्यता अत्यन्तै गहन र महत्वपूर्ण बन्न पुगेको छ
काठमाडौँ-पारिवारिक मूल्यमान्यता सम्बन्धी एकदिने कार्यशाला गोष्ठी बुटवल उपमहानगरपालिका–१९, मिलन टोलमा सम्पन्न भएको छ। फेमिली पीस एसोसिएशन नेपालद्वारा आयोजित उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको जिम्मेवारी भुपेन्द्रबहादुर भण्डारीले वहन गर्नुभएको थियो भने युवा नेतृ सन्ध्या बस्यालले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा ३२ जना सहभागीहरूको उपस्थिति रहेको थियो। स्थलगत सहजीकरण पत्रकार सरिना मरासिनीले गर्नुभएको थियो। सहभागीहरूले “वर्तमान परिवेशमा पारिवारिक मूल्यमान्यता अत्यन्तै गहन र महत्वपूर्ण बन्न पुगेको छ” भन्ने धारणा राख्दै यस्ता कार्यक्रमहरूले परिवार र समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका विशेष अतिथि तथा टोल सुधार समितिका अध्यक्ष कुलानन्द भुसालले परिवारजस्तो संवेदनशील र आधारभूत विषयलाई बेवास्ता गरे समाजमा अराजकता फैलिने उल्लेख गर्दै यस्तो विषयप्रति ध्यान दिनु सबैको दायित्व भएको बताउनुभयो। उहाँले आफ्नो टोलका नागरिकले यति महत्वपूर्ण विषयमा प्रशिक्षण प्राप्त गर्न पाउनु खुशीको विषय भएको भन्दै आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
त्यसैगरी, टोल सुधार समितिका सचिव धनबहादुर खाँणले यस्ता कार्यक्रमहरू समाज रुपान्तरणका महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै यसलाई अझ व्यापक रूपमा लैजानु पर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE