Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

गोदार चौकको नालामा ‘कमसल काम’को आरोप: मोतीदान कन्स्ट्रक्सन विवादमा, स्थानीय आक्रोशित

२६मंसिर जनकपुरधाम:धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत गोदार चौकमा मोतीदान कन्स्ट्रक्सनले निर्माण गर्दै आएको नालामा ठूलो लापरवाही भएको प्रमाण फेला परेको छ। स्थानीय बासिन्दाले कमसल सामग्री प्रयोग, काममा दिनदिनै देखिएको कमजोरी तथा निर्माण कम्पनीको गैर-जिम्मेवारीपूर्ण कार्यशैलीबारे गम्भीर आपत्ति जनाएका छन्।
स्थानीयहरूका अनुसार नाला निर्माणका लागि प्रयोग गरिएका ढुंगा–गिट्टी, बालुवा तथा सिमेन्टकै गुणस्तर कमजोर देखिएको छ। निर्माण स्थलमा अनुगमनका लागि पुगेका नागरिक प्रतिनिधिहरूले समेत कामको क्वालिटी लेभल न्यून, मापदण्ड विपरीत सामग्री र प्राविधिक निरीक्षणको अभाव रहेको बताएका छन्।
लागत एस्टिमेट माग्दा समेत नदिएको स्थानीयको आरोप
कामबारे जानकारी लिने क्रममा स्थानीयले निर्माण कम्पनीसँग लागत एस्टिमेट, डिटेल प्रोजेक्ट रिपोर्ट (DPR) र वर्क–अर्डर माग्दा समेत उपलब्ध नगराएको आरोप छ। सार्वजनिक निर्माण कार्यमा अनिवार्य रूपमा राखिनुपर्ने सूचना पाटी (प्रयोजना सम्बन्धी जानकारी बोर्ड प्रोजेक्ट) पनि नदेखिएको स्थानीयको भनाइ छ।
“जनता नै कर तिरेर बनिरहेको नाला –ढलानमा पारदर्शिता छैन, लागतदेखि सामग्री सम्म सबै लुकाइयो,” एक स्थानीयले बताए।
सार्वजनिक निर्माणमा दिगो असर पर्ने चिन्ता
नाला निर्माणको गुणस्तर कमजोर हुँदा वर्षामा पानी जम्ने, नाला भत्किने स्थानीयको चिन्ता छ।
विकास निर्माणमा भइरहेका यस्ता लापरवाह र गैरजिम्मेवार कामले जनविश्वासमा ठूलो चोट पुगेको उनको भनाइ छ।
जनप्रतिनिधि तथा सरोकारवालाहरूले तत्काल प्राविधिक परीक्षण, कामको पुनः मूल्यांकन, र नियमित अनुगमन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
स्थानीयको अपेक्षा: पारदर्शिता र मापदण्डअनुसारको निर्माण
स्थानीयले मोतीदान कन्स्ट्रक्सनलाई
• प्रयोग भएका सामग्रीहरूको गुणस्तर परीक्षण सार्वजनिक गर्न,
• लागत विवरण खुलाउन,
• सूचना पाटी राख्न,
• मापदण्डअनुसार काम गर्न
कडा माग गरेका छन्।
सम्बन्धित निकायको ध्यानाकर्षण
पूर्व–पश्चिम लोकमार्गजस्तो महत्वपूर्ण राजमार्गको संरचना निर्माणमा देखिएको लापरवाहीले दिगो विकास मात्र होइन, जनताको सुरक्षासमेत प्रभावित हुने भएकाले तत्कालै छानबिन र सुधारात्मक कदम चाल्नुपर्ने आवाज उठिरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE