सडक आन्दोलनबाटै संसद पुर्नस्थापनाका लागि दबाब बढाउने काँग्रेसको तयारी
५ पुष
काठमाडौं– संसद विघटन गरिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांँग्रेसले आन्दोलनबाटै संसदको पुर्नस्थापनाका लागि दबाब दिने गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक शैलीमा संसद् विघटन गरेको निष्कर्ष निकाल्दै सडकमा आन्दोलनमा जाने निर्णय लिएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको गैरसंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सडकमा जाने निर्णय लिएको जानाकारी दिदै आन्दोलनको स्वरुप भने मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले तय गर्ने बताउनुभयो ।
बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सरकारले गरेको सिफारिसप्रति पनि असन्तुष्टि प्रकट गरेको छ । अपारदर्शी र संसदीय प्रक्रियाविपरीत संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिस स्वीकार नगर्ने पनि नेपाली काँग्रेसका नेता रमेशकुमार लेखकले जानकारी दिनुभयो ।
सरकारको कदमविरुद्ध चालिने आन्दोलनको स्वरुप तयार गर्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE