Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

गायक प्रमोद खरेल कचनकबल गाउँपालिकाको सद्भावना दूतमा नियुक्त

काठमाडौँ । ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सद्भावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए ।

सो गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र क्याम्पस तहमा पढ्ने छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ भने सबै माध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिएको छ ।  आर्थिक वर्ष २०७६÷७७ का लागि रु ४७ करोड ६० लाखको बजेट पारित गरेको सो गाउँपालिकाले बनियानी स्वास्थ्य केन्द्रमा मिर्गौला रोगीका लागि निःशुल्क डाइलासिस सेवा प्रदान गर्न रु एक करोड बजेटको व्यवस्था गरिएको अध्यक्ष आलमले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE