Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

चार जिल्लाका सबै संक्रमित कोरोना मुक्त

काठमाडौं-नेपालका चार जिल्लाका सबै कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला जिल्लाका सबै कोरोना संक्रमित निको भएका हुन् । यी जिल्लाहरुमा नयाँ कोरोना संक्रमित पनि नभेटिएको र यसअघि संक्रमित भएका सबै निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अघि भोजपुरमा ६ जना, मनाङ र मुस्ताङमा एकरएक जना र हुम्लामा २ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु उपचारपछि निको भइसकेका छन् । देशभरीमा बुधबार थप १ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेका छ । हालसम्म ११ हजार २५ जना कोरोना मुक्त भई घर फर्किएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE