उखु किसानको २४ करोड भुक्तानी अझै अन्यौलमा
२२ भाद्र
काठमाडौँ-सर्लाही जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले किसानले उखु बिक्री गरेबापतको रकम भुक्तानी नगरेको पाईएको छ । अझै करिब २४ करोड रुपैयाँ भुक्तानी नगरेको उखु उत्पादक किसानले जनाएका छन् ।
उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो । गत पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी शुरु गरे पनि अन्नपूर्ण चिनी मिलले भने अझै भुक्तानी दिन आलटाल गरिरहेको किसानहरु बताउछन् ।
पटकपटक भुक्तानीका लागि आग्रह गर्दा पनि सो उद्योगले उखु बेचेका किसानको तीन/चार वर्षदेखिको भुक्तानी अझैसम्म नगरेको किसानको गुनासो छ । लामो समयसम्म बक्यौता रकम भुक्तानी नभएपछि अब आशा गर्न छाडेको धनकौल गाउँपालिका, महिनाथपुरका किसान रामप्रताप महतोले बताउनुभयो । आफूहरु काठमाडौँ गएर धर्नामा बस्दा किसानको भुक्तानी दिलाउन केही चासो देखाए जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको उहाको गुनासो छ ।
विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध सरकारले जारी गरेको निषेधाज्ञाका कारण अन्य काम पनि रोकिएका छन् । उखुको भुक्तानी आउला र घर व्यवहार चलाउला भन्ने आशमा रहेका सो क्षेत्रका किसान अहिले निराश भएका छन् ।
बारमबार ताकेता गर्दा पनि भुक्तानी नदिएर सो उद्योगले किसानलाई निराश बनाएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । उद्योगले तीन÷चार वर्षदेखिको करिब २४ करोड रुपैयाँ उखु उत्पादक किसानको भुक्तानी गर्न बाँकी रहेको अध्यक्ष मैनालीका बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE