Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

मनोज गजुरेललाई पूर्वपत्नि मीनाको पत्र : ‘बिसौँ तिजका निराहार व्रत बसेकी छु, कोरोनाबाट हार नमानिदेउ’

२१ कात्तिक
काठमाडौं
– वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेल र पत्नी मीनाबीच सम्बन्ध विच्छेद भएको लामो समय भइसकेको छ। उनीहरुबीच यसबीचमा बोलचाल र आवतजावतसमेत बन्द छ।

लामो समयको सम्बन्ध टुटेपछि अलग्गिएका यी जोडी यसबीचमा एक्ला एक्लै जीवन यात्रामा अघि बढेका छन्। मीना सामाजिक सञ्‍जालमा अनेक टिप्पणीसहित आइरहन्छिन्।

कोरोनाको लडाई लडिरहेका पूर्वपति मनोज गजुरेललाई भावुक पत्र लेखेकी छिन् :-

जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ । 

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ । 

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियु मा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ। 

म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु । तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन-म यो रियलाईज गरिरहेछु ।

मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ-मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़क्षामा छन।।। तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ(हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !

(उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी !!

WRITE COMMENTS FOR THIS ARTICLE