Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

नारायणहिटीबाट ओलीको प्रश्न, ‘अहिलेजस्तो काठमाडौं पहिले थियो ?’

२३ माघ
काठमाडौं –
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालमा इतिहासमै सबैभन्दा बढी विकास भएको तर्क गरेका छन् ।

शुक्रबार नारायणहिटीमा आयोजित सत्तारुढ नेकपाको जनप्रदर्शनलाई सम्बोधन गर्दै ओलीले सोधे, ‘अहिलेजस्तो विकास कहिल्यै भएको थियो ? अहिलेजस्तो काठमाडौं पहिले थियो ?’

सम्बोधनको क्रममा ओलीले मुलुक सुरुङ मार्गमा प्रवेश गरिसकेको बताउँदै एक घण्टामा केरुङ–काठमाडौं गराइने बताए । उनले टोखा–छहरे र बेत्रावती–स्याप्रुबेसी सुरुङमार्ग निर्माणको योजना अघि बढिसकेको बताउँदै अब छिट्टै काठमाडौं–केरुङ द्रुतमार्ग बन्ने बताए । त्यस्तै, नौबिसे–नागदुंगा सुरुङ मार्ग अघि बढिसकेको बताउँदै अन्य विकास निर्माणका कामहरुमा समेत तिब्र गतिमा सरकारले अघि बढाएको बताए ।

उनले प्रचण्डको मांसाहारी आन्दोलनतर्फ संकेत गर्दै भने, ‘शाकाहारी आन्दोलनले हुँदैन भनेको, चिकन चिल्ली खाने भनेको हो रु उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो । नरभंक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन ।’

वर्तमान, इतिहास र देश बनाउने संकल्प बोकेकाले आफूले नेतृत्व गरेको पार्टी नै मूल भएको र आजबाट यसको फैसला भएको ओलीको भनाइ थियो । ‘मूल पार्टी कुन हो भन्ने अझै अन्योल र अलमल छ भने उनीहरुलाई कठैबरा बन्न सकिन्छ । मूल पार्टी यही हो, तपाईं–हामी जहाँ छौँ । यो कम्युनिस्ट पार्टीको मात्र होइन, देशकै मूल पार्टी हो । देशकै ठूलो पार्टी हो । देश बनाउने पार्टी हो । देशको रक्षा गर्ने पार्टी हो,’ ओलीले भने, ‘आजबाट मूल पार्टी को हो भन्ने टुंगो लाग्यो । कुन सक्कली, कुन नक्कली भन्ने फैसला भयो ।’

‘काठमाडौंमा आमसभा गर्न ठाँउ भएन । अरुलाई जहाँ छाने पनि सानो हुन्छ । हामीलाई जहाँ छाने पनि सानो हुन्छ । काठमाडौंको सबैभन्दा धेरै अट्ने ठाउँ खोज्दा पनि सानो भयो, जता हेरे पनि खाँदाखाँद छ,’ उनले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE