निफ्राका लगानीकर्ता मालामाल, नेप्से ३ अंकले उकालो लाग्यो
९ फागुन
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज ९ नेप्से आज ३.६६ अङ्क अर्थात् ०.१४ प्रतिशत बढेर २६४०.३५ अङ्कमा पुगेको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६७३.८२९६ र कममा २६१९.३८३१ पुगेको थियो।
आज २३८९९०४७ कित्ता सेयर ८६५७५१३२६२.७५ रुपैयाँमा कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २०६ कम्पनीको सेयर किनबेच भएको हो।
आज सबैभन्दा धेरै कमाउनेमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीका सेयर लगानीकर्ता छन्। अपर तामाकोशीको सेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ५३९ रुपैंया पुगेको छ।
यस्तै, शिव श्री हाइड्रोपावार कम्पनीका लगानीकर्ताले पनि सर्वाधिक १० प्रतिशत कमाएका छन्। नेप्सेमा सूचीकृत भएको दिनदेखिनै पाजेटिभ सर्किट लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा०का सेयर लगानीकर्ताले पनि आज धेरै कमाए।
निफ्राको सेयर ९.८९ प्रतिशतले बढेर आज प्रतिकित्ता ६ सय रुपैंया पुगेको छ। आज सबैभन्दा धेरै बेस्ट फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक ३.३७ प्रतिशतले गुमाए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE