Date
बुध, चैत्र १४, २०८०
Wed, March 27, 2024

प्रचण्ड संसदीय दलको नेता चयन

२१ फागुन
काठमाडौं – 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड  चयन गर्नु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गर्नु भएको  हो।

प्रचण्ड-नेपाल समूहले आफ्नो पक्षमा ११४ जना सांसद रहेको दाबी गर्नु भएको  छ । एक सय ११ सांसदहरूले हस्ताक्षर गरिसकेको दाबी गरिएको छ। नेकपामा १७२ सांसद छन् ।  शुक्रबारको बैठकमा कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर नयाँ सरकार बनाउने बारेमा छलफल भएको थियो। आइतबारसम्म ओलीलाई राजीनामाका लागि आग्रह गर्ने  र राजीनामा नदिए अविश्‍वास प्रस्ताव ल्याएर हटाउने निर्णय भएको छ ।

पार्टी विवादबारे निर्वाचन आयोगले अहिलेसम्म टुंगो लगाउन सकेको छैन। आयोगले टुंगो नलाउँदा नयाँ सरकार निर्माणको विषय थप पेचिलो बन्दै गएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE