वडाध्यक्षद्धारा प्रधानाध्यापकमाथि कुटपिट : नेपाल राष्ट्रिय शिक्षक संगठनले जनायो आपत्ति
अनिता थापामगर
१५ चैत, रामेछाप – वडाध्यक्षद्वारा रामेछाप मन्दरमेल माविका प्रधानाध्यापकलाई कुट्पिट गरेको प्रतिको घटनालाई नेपाल राष्ट्रिय शिक्षक संगठनको आपत्ति जनाएको छ ।
रामेछापको सुनापति गाउँपालिका २ दिमिपोखरीमा रहेको श्री मन्दरमेल माविका प्रधानाध्यापकलाई कुट्पिट गरेको प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ ।
शनिबार संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा ‘विद्लायका प्रधानध्यापक बहादुर थापा मगर माथि गत चैत १२ गते बिहीबार सोही वडाका वडा अध्यक्ष कलम बहादुर केसीले गरेको साङ्घातिक आक्रमणप्रति नेपाल राष्ट्रिय शिक्षक संङ्गठन जिल्ला समिति रामेछाको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।’
एक जिम्मेवार ब्यक्तिबाट यसरी अभद्र ब्यबहार प्रर्दशन गरिनुले कानुनको अवहेलना भएको र यो घटनाप्रति संगठनको घोरभ्रत्षना गर्दछ विज्ञप्तिमा उल्लेख छ । जारी विज्ञप्तिमा आगामी दिना यस्ता घटना नदोहोर्याउन र घटनाको सत्य, तथ्य छानविन गरि दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE