Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

अत्तरियाबाट दार्चुला जाँदै गरेको जिप दुर्घटना‚ तीनजना घाइते

१७ चैत्र
बैतडी –
महाकाली राजमार्गमा जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। दुर्घटनामा जिपधनी दार्चुलाको अपिहिमाल-५ का जनकसिंह धामी, दलवीर धामी र महादेव धामी रहेका छन्। घाइतेहरुको अवस्था सामान्य रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए।

कैलालीको अत्तरियाबाट दार्चुला जाँदै गरेको भे १ च ३५११ नम्बरको जिप महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका-३ सिल्लेगडा बजार नजिकै मंगलबार बिहान करिब ६ बजे दुर्घटना भएको हो।

फलफूल बोकेको जिप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा क्षति हुन नपाएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित चारजना सवार रहेका थिए। जिप चालक दार्चुलाको अपिहिमाल-५ का वीरेन्द्र धामी फरार छन्। उनको खोजी

WRITE COMMENTS FOR THIS ARTICLE