सर्वोच्चद्वारा माधव नेपालको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार
१३ बैशाख, काठमाडौँ – सर्वोच्च अदालतले सत्तारुढ नेकपा (एमाले) को आन्तरिक विवाद सम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सोमबार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले नेपाल समूहको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
एमालेको संस्थापन पक्षले असन्तुष्ट पक्षका २७ संघीय सांसद र पाँच कर्णाली सांसदलाई स्पष्टीकरण सोधेपछि सम्भावित कारबाही रोक्न माग गर्दै नेपाल समूहले सर्वोच्च अदालतमा अन्तिरम आदेश मागसहित रिट दायर गरेका थिए ।
माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रूपमा पेस गरिएको १४ बुँदे मागसहितको रिटमा आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिषेध आदेशद्वारा बदर तथा रोक्का गरीपाउँ भनि रिट दायर गरेका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE