Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

प्रधानन्यायाधीश जबराको नेतृत्वमा नागरिकता अध्यादेशविरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

प्रधानन्यायाधीश जबराको नेतृत्वमा नागरिकता अध्यादेशविरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

२१ जेठ, काठमाडौं– सर्वोच्च अदालतमा परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएको छ । नागरिकता सम्बन्धी अध्यादेशविद्ध परेको रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको हो ।

वरिष्ठताका आधारमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेका छन् ।

प्रधानन्यायाधीश जबरापछि वरिष्ठताको क्रममा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ चौथो नम्बरमा छन् । तर उनी संवैधानिक इजलासमा परेका छैनन् ।

श्रेष्ठ होम आइसोलेसनमा रहेकाले उनी पछाडिको वरियतामा रहेका खतिवडा इजलासमा परेको सर्वोच्च अदालतका स्रोतले जनाएको छ ।

संसद विघटनविरुद्धको रिटमा वरिष्ठता मिचेको भन्दै प्रधान्यायाधीश जबराको कानुन व्यवसायीहरुले आलोचना गर्दै आएका थिए ।

पछिल्लो पटक संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा प्रश्न उठेपछि उहाँले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE