Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

तीन जना चढेको मोटरसाइकल दुर्घटना, एकको मृत्यु

३ असार, काठमाडौँ-भक्तपुर मध्यपुर ठिमीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बुधबार राति करिब ११ बजे ठिमी नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना भएको हो ।

बा७७प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सोलुखुम्बु चौलाखर्क–३ घर भई काठमाडौं काँडाघारी बस्ने २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकलमा सवार उदयपुर ताप्ले गाउँपालिका–५ घर भई काँडाघारी बस्ने २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुली तीनपाटन गाउँपालिका–५ घर भई हाल काँडाघारी बस्ने २५ वर्षी अमित जैरूको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सडकको बीचमा रहेको आइल्याण्डमा मोटरसाइकल ठोक्किएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE