Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

बिक्की पुलामीको निर्देशनमा ‘तिमी छौ र’ मा नन्दिता र पुर्णको रोमान्स (भिडियो)

बिक्की पुलामीको निर्देशनमा ‘तिमी छौ र’ मा नन्दिता र पुर्णको रोमान्स (भिडियो)

१२ साउन, काठमाडौं– गायक हिमाल सागरको स्वर, शब्द र संगीतमा रहेको प्रेमिल शैलीको बिल्कुलै नयाँ गीत ुतिमी छौ रुको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिका प्रति प्रेम भाव प्रस्तुत गरिएको यस गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन्। अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।

म्युजिक भिडियोमा नायिका नन्दिता केसी र पुर्ण लम्साल बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE