उच्च विन्दूमा सेयर बजार, जलविद्युतमा लगानीकार्ताको आकर्षण
उच्च विन्दूमा सेयर बजार, जलविद्युतमा लगानीकार्ताको आकर्षण
१२ साउन, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा उच्च विन्दुको नयाँ रेकर्ड बनाउँदै रोकिएको छ । साताको कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से २९.२४ अंकले बढेर नेप्से परिसूचक ३०७९.६७ अंकमा पुगेर बन्द भएको थियो ।
नेप्सेको यो विन्दु हालसम्मकै उच्च हो । यसअघि आइतबार नेप्सेले उच्च विन्दु छोएको थियो । उक्त दिन ३०५८.६३ विन्दुमा रहेको बजारमा आज रेकर्ड बनेको हो । आज सुरुवातमा भारी गिरावट देखिएको सेयर बजार अन्तत केही समयपछि सम्हालिदै उकालो लागेको थियो ।
बजारमा आज सोमबार साँझ राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित विभिन्न निर्देशनले सो क्षेत्रमा भने केही प्रभाव पारेको छ ।
मंगलबार बैंकिङ, व्यापार, होटेल र पर्यटन तथा अन्य समूहको परिसूचक घटेको छ । तर, लगानीकर्ता भने उत्पादन तथा प्रशोधन र जलविद्युतमा झुम्मिएका छन् ।
मंगलबार कुल २२५ कम्पनीको १ लाख ४१ हजार ६ सय ५२ कारोबार भयो । आजको कारोबारबाट कुल ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता सेयर किनबेच भएको छ । मंगलबार कुल १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कुल १४ कम्पनीको मूल्य सर्किट लेवलमा बढ्यो । धेरै कमाउनेमा मल्टीप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डभलपर्ससहितका कम्पनीको मूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ । सर्पोट माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थासहितका कम्पनीको मूल्य भने बढी घट्नेमा रहृयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE