Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सत्ता गठबन्धनमा फेरि खटपट,जसपा सरकारमा नजाने पक्का

८ आश्विन, काठमाडौं – सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । खासगरी मन्त्रालय बाँडफाँडमा प्रधानमन्त्री शेरबहादुर देउवाले राम्रो मन्त्रालय आफ्नो पार्टीलाई मात्रै राखेको भन्दै गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट बन्नुभएको छ।

पछिल्लो समय गठबन्धनको बैठकमा समेत अध्यक्ष यादवले यही ताल भए आफूहरु सरकारमा सहभागी नहुने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री देउवाले यसअघि नै सरकारलाई पूर्णता दिनेगरि गठबन्धनमा आवद्ध दलका नेताहरुलाई मन्त्रीको नाम माग्नुभएको थियो । तर, माधव नेपाल र उपेन्द्र यादवले नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको कुरा आईरहेको थियो ।

पछिल्लो समय डा। नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । जसपा अध्यक्ष यादव आँफै सरकारमा सहभागी हुन चाहनुहुन्थ्यो । यादवले यसअघि परराष्ट्र मन्त्रालय माग्नुभएको थियो।तर, प्रधानमन्त्री देउवाले उक्त मन्त्रालयको जिम्मा आफ्नै पार्टीका नेता खड्कालाई दिएपछि यादव रुष्ट बन्नुभएको छ। अहिलेसम्म कांग्रेसबाट चार र माओवादी केन्द्रबाट दुई जना मात्रै मन्त्री सरकारमा सहभागी हुनुहुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE