गीतकार शिशिर मोथेको हजार जुनीको पोस्टर सार्वजनिक
२१ आश्विन,काठमाडौँ – म्युजिक भिडियो हजार जुनीुको पोस्टर सार्वजनिक भएको छ । गायक प्रवीण बेडवालको स्वरमा कालेबुङका शिशिर मोथेद्वारा रचित गीत हजार जुनी म्युजिक भिडियोका पोस्टर सार्वजनिक गरिएको हो ।
एसआर क्रिएसनद्वारा निर्माण गरिएको उक्त म्युजिक भिडियोको पोस्टर एसआर क्रिएसन फेसबुक पेजमार्फत सार्वजनिक भएको गरिएको हो । नयाँ नेपाली म्युजिक भिडियोमा कालेबुङका कलाकारद्वय रोशन दाहाल अनि रेखा पौड्यालले अभिनय गरेका छन्।
गीतमा ऋषिराज दर्नालले सङ्गीत संयोजन गरेका छन्। जस्टिन लेप्चाद्वारा छायाङ्कन गरिएको अनि बिक्की प्रधान (बिक्की इन्टरटेनमेन्ट) द्वारा सम्पादित म्युजिक भिडियोमा कथा तथा निर्देशन रोशन दाहाल कै रहेको छ।
यस नयाँ नेपाली म्युजिक भिडियोको टिजर ८ अक्टोबरमा र पूरा भिडियो आगामी १० अक्टोबरमा सार्वजनिक गरिने शिशिर मोथेले जानकारी दिनुभयो । म्यूजिक भिडियो एसआर क्रिएसनको आधिकारिक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिने छ ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE