यूएई जाने कामदारले विमानस्थलमा र्यापीड कोरोना परीक्षण गर्नुनपर्ने
४ फागुन, काठमाडौँ – नेपालबाट यूएई जाने यात्रुले विमानस्थलमा कोभिड(१९ को र्यापीड पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ । पछिल्लो समय यूएईले गरेको निर्णयअनुसार काठमाडौँबाट दुबई यात्रा गर्ने यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान समयभन्दा ६ घण्टाअघि गर्दै आएको र्यापीड पीसीआर परीक्षण गर्नु नपर्ने भएको हो ।
नेपाल एयरलाइन्सले फागुन १ देखि नै यो नियम कार्यान्वयनमा आउने र विमानस्थलमा र्यापीड पीसीआर गर्नु नपर्ने विज्ञप्ति जारी गर्दै जनाएको छ ।
विमानस्थलमा र्यापीड पीसीआर परीक्षण गर्नुनपरे पनि यूएई जानका लागि ४८ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट भने अनिवार्य छ । यूएई सरकारले कोभिड-१९ महामारीको दोस्रो लहरको समयमा सङ्क्रमण रोकथामका लागि यो नियम लागू गरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE