Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026

पत्रपत्रिका

अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज

काठमाडौँ – करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ । करिब एक वर्षअघि महेन्द्रनगरको प्रवेश […]

प्रतिस्पर्धी दलबाटै सुरक्षा चुनौती

काठमाडौँ – आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गृह मन्त्रालय पूर्वसुरक्षा तयारीमा जुटेको छ । विगतका निर्वाचनमा जस्तो चुनाव विरोधी गतिविधि कमजोर बन्दै गएको भए पनि प्रतिस्पर्धी राजनीतिक दलबीच हुन सक्ने विवाद र झडपले सुरक्षामा चुनौती बन्न सक्ने आकलन गरिएको छ । गृह मन्त्रालयले […]

मेटाले गर्दैछ नेपालमा चुनावको अनुगमन

काठमाडौँ – आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ। यसअघि नेपालमा फेसबुकमार्फत गलत सूचना सम्प्रेषण हुने गरेको र नेपालमै फेसबुक, […]

कुन उम्मेदवारले कति पैसा खर्च गर्न पाउँछन् ?

काठमाडौं – उम्मेदवारले निर्वाचनमा गर्ने खर्च सीमा तोकिएको छ । निर्वाचनमा मनपर्दी खर्च हुने र त्यसले मतदाता प्रभावित हुन सक्ने भन्दै आयोगले खर्च सीमा तोकेको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचानमा उम्मेदवारले खर्च गर्न पाउने सीमा र क्षेत्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेशसभा सदस्य […]

प्रतिनिधि सभाका १३ सहित बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो । समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीकी श्रीमतीसम्मका विरुद्ध उजुरी परेको छ । त्यस्तै, सरकारी लाभको […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडाले रोक्यो परीक्षण उडान

काठमाडौँ – निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ। तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी थियो तर प्रस्ताव मूल्याङ्कनको काममा ढिलाइ हुँदा परीक्षण उडान लम्बिने देखिएको हो। पूर्व–पश्चिम दिशामा रहेको दुई हजार […]

मधेस सरकारको लोभमा एमालेसँग जसपाको तालमेल

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जोखिम उठाएरै भए पनि नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको पाइएको छ। मधेस प्रदेशका प्रदेशसभाका ६४ निर्वाचन क्षेत्रमध्ये जसपाले ३६ सिटमा उम्मेदवारी दिएको छ। त्यसमध्ये ३० सिटमा जसपाले एमालेसँग तालमेल गरेको छ भने बाँकी ६ सिटमा जसपाले एक्लै उम्मेदवारी दिएको […]

जजिरा एयरवेजद्वारा आधा उडान कटौती

काठमाडौँ – भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान सुरु गरेको थियो । तर कुवेतबाट आउने यात्रु पर्याप्त […]

सत्ता गठबन्धनको अपिल साझा, घोषणापत्र अलग

काठमाडौँ – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् । सत्ता गठबन्धनले गठबन्धन आबद्ध दलको चुनावी अपिल बनाउनका लागि गठबन्धन आबद्ध चार दलबाट एकरएक जना सदस्य रहने गरी समिति बनाएको छ । यस्तै, चारै दलले आआफ्नै घोषणापत्रसमेत […]

१० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

काठमाडौँ – नेपालमा यो वर्ष दुई हजारभन्दा बढीमा स्क्रब टाइफस पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी […]