पत्रपत्रिका
मनसुनका २१ दिनः ३३ जनाको मृत्यु, ३० बेपत्ता
१८ असार, काठमाडौँ – मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो । गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३ जनाको ज्यान गएको हो । यस्तै यो अवधिमा ३० जना विभिन्न […]
ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नेपाल पक्षले बहिष्कार गर्ने
१८ असार, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनार माधवकुमार नेपाल समूहले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने भएको छ । बिहीबार नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो । एमाले स्थायी कमिटीका सदस्य रघुजी पन्तले अवैधानिक महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटी […]
मेडिकल प्रवेश परीक्षा दिन ७२ घण्टाभित्रको पिसिआर अनिवार्य
१७ असार, काठमाडौँ – चिकित्सा शिक्षा आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेको छ। साउन ९ देखि १३ गतेसम्म सञ्चालन हुने प्रवेश परीक्षामा सबै परीक्षार्थीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको सूचना आयोगले सार्वजनिक गरेको परीक्षा तालिकामा उल्लेख छ। सिसिएमसीले परीक्षा सञ्चालनको स्वीकृति दिँदा नै कोभिड–१९ को उच्च जोखिमलाई ध्यानमा राख्दै […]
साउन १ गतेदेखि परीक्षणकालीन सवारी अनुमतिपत्र
१७ असार, काठमाडौँ – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनुपर्ने व्यवस्था गरेको छ । विभागले ऐन बनेको २९ वर्षपछि उक्त व्यवस्था गर्न लागेको हो […]
नेपाल–भारत रेल सम्झौता संशोधनको तयारी
१७ असार, कठमाडौँ – नेपाल–भारत रेल सम्झौता संशोधन गर्ने विषयमा प्रक्रिया अगाडि बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट नेपाल–भारत रेल सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो । सहमतिका लागि प्रस्ताव पेस गरिएको मन्त्रालयले जानकारी दिएको छ । नेपालले प्रस्ताव पेस गरे पनि सम्झौताको संंशोधन गर्ने विषयमा भारत सहमत भइनसकेको मन्त्रालयले जानकारी […]
क्रियाशील सदस्यताबारे मापदण्ड बनाउन पौडेल पक्षको जोड
१७ असार, काठमाडौँ – नेपाली कांग्रेस १४औं महाधिवेशन विषयमा सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यता विवाद विषयलाई रामचन्द्र पौडेल पक्षले गम्भीर रूपमा लिएको पाइएको छ । पौडेल पक्षका नेताले क्रियाशील सदस्यता विषयमा बुधबार महाराजगन्जस्तित कांग्रेस महामन्त्री शशांक कोइराला निवासमा आफूनिकट छानबिन समिति सदस्यको ‘ब्रिफिङ’ सुनेका छन् । बैठकमा क्रियाशील छानबिन समिति सदस्य प्रदीप पौडेल, जीवन […]
विवादमा महन्थ ठाकुरनिकट राजकिशोर र अमृताले ठाकुरलाई साथ दिएनन्
१७ असार, काठमाडौ – जनता समाजवादी पार्टीको आधिकारिताको विवादमा महन्थ ठाकुरनिकट मानिएका दुई कार्यकारिणी सदस्य राजकिशोर यादव र अमृता अग्रहरिले ठाकुरलाई साथ दिएका छैनन्। आधिकारिकताको विषयमा छलफल गर्न ठाकुर पक्षले बुधबार बोलाएको आफूनिकट कार्यकारिणी समितिको बैठकमा राजकिशोर र अग्रहरिले बहिस्कार गरेका छन्। त्यस्तै ठाकुरले निर्वाचन आयोगमा पठाएको पत्रमा यादव र अग्रहरीले हस्ताक्षर गर्नसमेत इन्कार गरेका […]
सशस्त्रमा बढुवा प्रक्रिया सुरु, प्रहरीमा सईमा प्रवेश गरेका प्राविधिकहरु डीआईजी बन्ने
१७ असार, काठमाडौँ – सशस्त्र प्रहरी बलमा लामो समयदेखि अबरुद्ध उच्चपदस्थ अधिकृतको बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी मुख्यालयले नायब महानिरीक्षक (डीआईजी) बाट बढुवा प्रक्रिया थालेको हो । सशस्त्रमा तीन डीआईजी पद रिक्त छ । मानवस्रोत विभागमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेल आएलगत्तै बढुवा प्रक्रिया सुरु भएको हो । यसअघि मानवस्रोत […]
निषेधाज्ञा खुकुलो हुँदा हेलचेक्रयाईंले ह्वात्तै बढ्यो संक्रमण
१७ असार, काठमाडौँ – स्थिर अवस्थाको कोरोना संक्रमणदर उकालो लाग्न थालेको पाइएको छ । केही दिनयता संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ । पछिल्लो दिन नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ । जारी निषेधाज्ञा खुकुलो हुँदा हेलचेक्रयाईं अत्यधिक बढेकोसमेत पाइएको छ । बजारमा आवतजावत बाक्लिँदै गएको छ । […]
जसपा विवादमा तात्यो निर्वाचन आयोग
१७ असार, काठमाडौँ – जनता समाजवादी पार्टी विवाद मिलाउन निर्वाचन आयोग तातेको छ । जसपा विवाद समाधानका लागि भन्दै आयोगले दुबै पक्षलाई आगामी २२ असारमा छलफलका लागिसमेत बोलाएको छ । आयोग प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार जसपा दुबै पक्षलाई विवाद निरुपणका लागि छलफलमा बोलाइएको छ । सकेसम्म सहमति प्रयासबाटै विवाद निरुपण गर्ने नभए कानुनअनुसार अघि […]



